FAQs Complain Problems

संक्षिप्त परिचय

राजधानी देखि ४५ कि.मी दक्षिणमा रहेको यस बेथानचोक गाउँपालिकामा ६ वटा वडा कार्यालय रहेको छ । साविकको च्याम्राङ्गवेशी गा।वि।स। हालको वडा नं। १, ढुंखर्क गा।वि।स। वडा नं। २ र ३, चलालगणेस्थान गा।वि।स। वडा नं। ४, च्यासिंङ्गखर्क गा।वि।स। वडा नं। ५ र भुग्देउमहांकाल गा।वि।स। वडा नं। ६ मा राजनैतिकरुपमा रुपान्तरण भई ६ वटा वडा बनेको यस गाँऊपालिकाको कुल क्षेत्रफल १०१ वर्ग कि।मी। रहेको छ भने कुल जनसंख्या १६,७७७ रहेको छ । यसरी हेर्दा यस गाँऊपालिकाको जनघनत्व १६६ प्रति वर्ग कि।मि। रहेको छ । साविकको ढुंखर्क गा।वि।स।को कार्यालयलाई केन्द्र मानी यस गाँऊपालिकाको सिमांकन भएको छ । बेथानचोक गाँऊ पालिकाको उत्तरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती र नमोबुद्ध नगरपालिका, दक्षिणमा खानीखोला गाँऊपालिका, पूर्वमा रोशी गाँऊ पालिका रहेको छ भने पश्चिममा ललितपुर जिल्लाको महांकाल गाँऊपालिका रहेको छ ।
यस गाँऊपालिकाको नामाकरण साविक ढुंखर्क गा।वि।स।को वडा नं। १ स्थीत समुन्द्री सतहबाट करिब ३०१८ मिटर अग्लो स्थानमा रहेको बेथाञ्चोक नारायण मन्दिरको नामबाट नामाकरण गरिएको हो । प्राकृतिक सुन्दरताले भरिपुर्ण महाभारत पर्वत श्रृंंखलामा पर्ने बेथानचोक गाँऊ पालिकामा धेरै महत्वराख्ने जडिबुटीहरु पाईन्छ । खासगरी ढुंखर्क, भुग्देउ, च्यासिंखर्क, चलालगणेस्थान क्षेत्रमा पाईने केही महत्वपूर्ण जडिबुटीहरुमा लौठसल्ला, ठिंग्रेसल्ला, विस्वामा, अर्घौली, झ्याउ, सुगन्धवाल, चिराईतो, मजिठो, कुरिलो आदी पर्दछन् । बाहुन, क्षेत्री, आदिबासी, जनजाती, दलित आदी सबै जातजातिहरुको सुन्दर संगमस्थलको रुपमा बेथानचोक गाँऊपालिकामा तामाङ्ग जातिको बाहुल्यता रहेको देखिन्छ ।