FAQs Complain Problems

गणतन्त्र दिवसको अवसरमा एकल महिला तथा विदवा सम्मान कार्यक्रम

गणतन्त्र दिवसको अवसरमा एकल महिला तथा विदवा सम्मान कार्यक्रम

जेष्ठ - १५ गणतन्त्र दिवस तथा प्रथम वडा कार्यालय स्थापना दिवसको उपलक्ष्यमा  बेथानचोक गाउँपालिका वडा नं. ३ को आयोजनामा आयोजित लैगिक समानता तथा महिला आय आर्जन मूलक तालिम एवं एकल विधवा महिला सम्मान कार्यक्रम गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतित्वमा सम्पन्न भएको छ ।  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, बेथानचोक गाउँपालिकाका प्रशासकिय अधिकृत टेकराज आचार्य, विष्णुदल गणका गणपति रामहरी केसी, नेपाल शिक्षक प्रदेश नं. ३ का प्रमुख नारायण तिमल्सिना लगायतले गणतन्त्रका विषयमा चर्चा गरेका थिए ।

वडा नं. ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ३ नं. वडाका विधवा महिला १ सया २० जनालाई सम्मान गरेको थियो । कार्यक्रम वडा कार्यलयका कर्मचारी राजकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।

आर्थिक वर्ष: