FAQs Complain Problems

प्रथम बेथानचोक कप आमन्त्रण पुरुस भलिबल प्रतियोगिता फाइनल २०७५

प्रथम बेथानचोक कप आमन्त्रण पुरुस भलिबल प्रतियोगिता फाइनल २०७५
प्रथम बेथानचोक कप आमन्त्रण पुरुस भलिबल प्रतियोगिता फाइनल २०७५

बेथानचोक गाउँपालिका - गणतन्त्र दिवसको अवसरमा बेथानचोक खेलकुद विकास समिति द्वारा आयोजित प्रथम बेथानचोक कप आमन्त्रण पुरुस भलिबल प्रतियोगिता २०७५। ०२। १५ गते फाइनल खेल सहित समापन भएको छ । फाइनलमा पनौती न.पा. पस्थली र खानीखोला गा.पा. विच खेल भएको थियो । प्रतियोगितामा खानीखोला गा.पा.ले पनौती न.पा. पस्थलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रथम पुरस्कार जितेको छ । 
समापन कार्यक्रममा प्रमुख अतिथी गा.पा अध्यक्ष श्री प्रेम वहादुर तिमल्सिनाले प्रथम हुने खानीखोला गा.पा., दोस्रो हुने पनौती न.पा. पस्थली र तेस्रो हुने महाङकाल गा.पा. र बनेपा न.पा. बुडोललाई नगद क्रमश रु ३० हजार, २० हजार र ७–७ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

आर्थिक वर्ष: